नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय हरिवन, सर्लाही
हरिवन, सर्लाही

हाम्रो बारेमा

मालपोत ऐन, २०३४ को व्यवस्थाले प्रत्येक जिल्लामा मालपोत कार्यालय रहने, भूमि प्रशासनको काम भूमिसुधार अधिकारी तथा मालपोत कार्यालयमा सर्ने, माल अड्डा, कोष तथा तहसिल कार्यालय वा भूमि प्रशासन कार्यालयले गर्ने काम मालपोत कार्यालयले गर्ने, जग्गाको दर्ता गर्ने, रजिष्ट्रेशन, नामसारी, दाखिल खारेज तथा लगतकट्टा गर्ने, घरजग्गा रोक्का फुकुवा गर्ने, मालपोत असूली गर्ने, मिन्हा गर्ने आदि व्यवस्था गरेको छ । यो ऐन लागू हुँदा वि.सं. २०३५ साल वैशाखमा २७ जिल्लाबाट शुरु भई वि.सं. २०५६ साल मंसीरसम्ममा ७५ वटै जिल्लामा लागू गरिएको थियो ।

वि.सं. २०४४ मा मालपोत विभाग र सो अन्तर्गतका माल तथा मालपोत कार्यालयलाई समेत अर्थ मन्त्रालयवाट झिकी भूमिसुधार मन्त्रालय अन्तर्गत ल्याईएकोमा वि.सं. २०५७ मा मालपोत र भूमिसुधार विभागलाई एकीकरण गरी गठन गरिएको भूमिसुधार तथा व्यवस्थापन विभाग अन्तर्गत हाल १२९ वटा मालपोत र २१ वटा भूमिसुधार कार्यालयहरु रहेका छन् ।

जनताले सेवा सर्वसुलभ रूपमा पाउनुपर्ने अवधारणा अनुरूप नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७१।०६।३० को निर्णयानुसार सर्लाही जिल्लाको हरिवन गा.वि.स. (हाल हरिवन नगरपालिका) मा यस कार्यालयको स्थापना भयो । तत्कालिन राजनैतिक अवस्थाले गर्दा कार्यालय सञ्चालनमा विविध समस्याहरू देखापरेको कारण सेवाकार्य  प्रारम्भ हुन सकेन । तथापि, मिति २०७३।०९।०८ मा घर भाडामा लिई कार्यालय सञ्चालन गरियो । पटक पटकको प्रयास पश्चात् स्थानीय प्रशासन, स्थानीय निकाय, विभिन्न राजनैतिक तथा सामाजिक व्यक्तित्व लगायत संघ संस्था समेतसँगको सहकार्यमा यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने साविक १० गाउँ विकास समितिहरूसम्बन्धी मोठ श्रेस्ता तथा रोक्का अभिलेख मालपोत कार्यालय मलंगवा, सर्लाहीबाट हस्तान्तरण भई प्राप्त भएअनुसार वि.सं. २०७४ साल श्रावण १२ गतेदेखि यस कार्यालयद्वारा सेवाग्राहीहरूलाई सेवा प्रदान गर्ने कार्य प्रारम्भ भयो ।

कार्यक्षेत्रभित्र पर्ने नगरपालिका (साविक गा.वि.स.) हरू :

हरिवन नगरपालिका

१, अत्रौली

२, हरिवन

लालबन्दी नगरपालिका

१, पत्थरकोट

२, जब्दी

३, नेत्रगंज

बागमती नगरपालिका

१, कर्मैया

ईश्वरपुर नगरपालिका

१, खैरमाराखोर

२, भक्तिपुर

हरिपुर नगरपालिका

१, लक्ष्मीपुर कोद्राहा (फरदवा समेत)

२, हरिपुर

 

कम्प्युटरबाट जग्गाधनी दर्ता प्रमाण पूर्जा बितरण गर्ने कार्य २०७५ साल बैशाख १ गतेदेखि शुरू गरियो ।

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)